विद्यालय शुल्क क्याल्कुलेट गर्नुहोस्

Viewed by 8790 people

कुन शीर्षकमा कति शुल्क लाग्छ?

संस्थागत विद्यालय (Private School) कुल विद्यार्थी संख्याको न्यूनतम १०% छात्रवृत्ति सिट अनिवार्य रूपमा प्रदान गर्नुपर्छ।

विद्यालयहरूमा सङ्कलन गरिने शुल्कका शीर्षकहरूलाई सीमाङ्कित गरी देहायअनुसार अधिकतम शुल्क शीर्षकको दायरा तोकिएको छ। कुनै पनि विद्यालयहरूले यसबाहेक अन्य शीर्षकमा शुल्क सङ्कलन गर्न निषेध गरिएको छ।

क्र.सं. शुल्क शीर्षक मापदण्ड
मासिक पढाइ शुल्क कक्षा कोठामा पठन पाठन सञ्चालन गर्न, शैक्षिक कार्य सञ्चालन, शिक्षक एवं कर्मचारीहरूको तलबभत्ता वापत।
वार्षिक शुल्क खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, विद्यालय भवन मर्मत, पुस्तकालय र प्राथमिक उपचार वापत।
भर्ना शुल्क विद्यार्थीको रजिस्ट्रेशन, व्यक्तिगत प्रोफाइल अद्यावधिकरण, भर्ना फाराम छपाइ आदि वापत।
धरौटी शुल्क विद्यालय अधिकार विद्यार्थीले निर्धारित कुनै कसुरबाट हुन गएको अवस्थामा क्षतिपूर्ति वापत (फिर्ता हुने गरी)।
परीक्षा शुल्क त्रैमासिक, अर्धवार्षिक, वार्षिक लगायतका परीक्षा सञ्चालन तथा नतिजा तयारी लगायतका योजना कार्य सञ्चालन वापत।
कम्प्युटर शुल्क कम्प्युटर विषय शिक्षण, कम्प्युटर साक्षरता कोर्स सञ्चालन, कम्प्युटर मर्मत वापत।
स्थानान्तरण प्रमाणपत्र शुल्क प्रमाणपत्र छपाइ र वितरण वापत।
विशेष प्रशिक्षण शुल्क जुडो, मार्सल आर्ट, पौडी, गायन, नृत्य, खेलकुद, स्काउट र साहित्यिक क्रियाकलापको प्रशिक्षण तथा विविध प्रकारका तालिम प्रशिक्षण प्रक्रियाका वापत।
आवास शुल्क आवासीय विद्यार्थीको लागि सिरक, बिछ्यौना खरीद, आवास सरसफाइ, खानेपानी, बिजुली, खाना तथा खाजा र सुरक्षा वापत।
१० भोजन शुल्क विद्यालय आवासमा बस्ने र बिहान एवं दिउँसोको खानाखाजा विद्यालयमै खाने विद्यार्थीहरूका लागि।
११ परिवहन शुल्क विद्यार्थीलाई घरबाट विद्यालयसम्म ल्याउन / छोड्नका लागि प्रयोग गरिने सवारी साधनको इन्धन, चालकको पारिश्रमिक तथा मर्मत खर्च वापत।
१२ शैक्षिक भ्रमण विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धिका लागि अन्तर-विद्यालय भ्रमण, पर्यटकीय क्षेत्र भ्रमण तथा internship सञ्चालन वापत।
१३ अन्तर विद्यालय प्रतियोगिता सञ्चालन विद्यार्थीको बौद्धिक तथा शारीरिक विकासका लागि उपयोगी प्रतियोगिता सञ्चालन वापत।
१४ शैक्षिक सामग्री शुल्क कक्षा शिक्षणका लागि आवश्यक पर्ने छापा र श्रव्य-दृश्यस्तरका सामग्री खरीद वापत।

शुल्क शीर्षक र मापदण्ड विवरण

क्रसं शीर्षक मापदण्ड विवरण
(१) मासिक पढाइ शुल्क १ वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क
(२) भर्ना शुल्क भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क
(३) परीक्षा शुल्क प्रत्येक कक्षाको लागि स्वीकृत मासिक पढाइ शुल्कको ५० प्रतिशतमा नबढाइकन वार्षिक वा किस्तामा लिनु पर्नेछ। परीक्षाको मापदण्डमा सञ्चालित सम्पूर्ण खर्च र स्थानान्तरण प्रमाण पत्र छपाइ वापतको खर्च यसैभित्र समेट्नु पर्नेछ।
(४) शैक्षिक सामग्री शुल्क शैक्षिक सामग्री वापत मासिक पढाइ शुल्कको १० प्रतिशत मात्र वर्षमा एक पटक लिन पाइनेछ। यस शीर्षकमा उठाइएको रकमको ७०% सोही कक्षाको लागि आवश्यक शैक्षिक सामग्रीमा खर्च गर्नु पर्नेछ। बाँकी ३०% रकमको कुल विद्यार्थीको कुल योग आएको हुन आउने रकम स्थायी प्रकृतिको शैक्षिक सामग्रीमा खर्च गर्नु पर्नेछ।
(५) वार्षिक शुल्क २ महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम।

संस्थागत विद्यालयमा शुल्क निर्धारण तथा मापदण्ड सम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई थप स्पष्ट बनाउन तथा शुल्कको व्यावहारिक कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले सरोकारवाला निकायहरूको सहभागितामा नियमावली २०५९ को नियम १९२ (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा मन्त्रालयद्वारा यो निर्देशनिका निर्माण गरी जारी गरिएको छ।

Download